
इटालीको सामुद्रिक किनारका प्रहरीहरूले समुद्रमा अचम्मको बोट फेला पारेका छन् ।
उत्तरी इटालीको फोर्टे दि मार्मी सामुद्रिक किनारमा मार्को एमोरटी र मार्कोलिनो डि क्यान्डियाले आफ्नो बिहेको वार्षिकोत्सव मनाउन कारजस्तो देखिने बोटमा सामुद्रिक यात्रा गरेका छन् । र, त्यहाँको सामुद्रिक प्रहरीले आफ्नो जीवनकालमा कहिल्यै यस्तो नदेखेका कारण ती दम्पत्तिलाइ प्रहरीले पक्राउ मात्र गरेन, केही सय यूरो जरिवानासमेत तिराएका छन् ।
दुवै उमेरमा ५० वर्ष कटिसकेका छन् । तर यी दुवैको रमाइलोलाइ किरकिरा पारिदिए, सामुद्रिक सेनाले ।
यता कोस्टगार्डका प्रवक्ता फब्रिजियो राटो भेकरले भने– “हामीले अनुसन्धानका लागि मात्र यो गाडी लिएका थियौँ किनभने सामुद्रिक यात्रामा जान चाहनेले कम्तिमा त्यो भाँडो समुद्रमा दौडिन लायक छ कि छैन भन्ने बुझ्न पनि जरूरी छ नि, हैन र ?”
यता मार्को दम्पत्ति चाहिँ प्रहरीको यो चालालाइ पैसा खाने मेलोका रूपमा मात्र देख्छन् ।
तर प्रहरी चाहिँ उनीहरूको ज्यानको जोखिमबाट बचाउन आफूहरूले सक्दो प्रयास गर्नका लागि यस्तो कुरामा रोक लगाएको बताइरहेको छ ।
तर कुरा जे भए पनि इटालीको चारैतिरको समुद्र घुम्ने बूढाबूढीहरूको योजना चाहिँ तुहिएको छ । किनभने कारजस्तो बोटमा पूरै वरिपरि घुम्नु साँच्चिकै खतरनाक साबित हुने प्रहरीले बताइरहेका छन् ।
source : enasha.com
Posted by pratima on July 28, 2010 at 9:10 am
sari dukha lagyo maile ta padnanai sakina yo lekh . praharile sujhabta dina sakthoni tyo jodilai bichara budha budi malai ta sari maya lagyo tini harulai chitai 6adidinus hai mero sujhab 6 .
Posted by anilsag2006 on July 28, 2010 at 3:49 pm
ha ha ha …. ok la la nikladinu parla