न्यूजिल्याण्डका एक टीन एजरले आफ्नै आमाका नाङ्गा चित्रहरू इन्टरनेटमा बेच्ने प्रयास गर्दागर्दै फेला पारिएका छन् ।

अकल्याण्डका विद्यार्थीसमेत रहेका १८ वर्षे माइकल नाम गरेका ती व्यक्तिले दुइ पटक आफ्नै आमा ४४ वर्षीया जेनिफरका अर्धनग्न तश्वीरहरूलाइ इन्टरनेटमा राखेका थिए ।

पहिलो पटक उनले “मेरी आमाका पाँच नग्न तश्वीर” शीर्षकमा बेचेका थिए । आमासँग मतभेद भएपछि उनले तनावमा ती तश्वीरहरू इन्टरनेटमा बेचेको न्यूजिल्याण्ड हेराल्ड पत्रिकाले लेखेको छ ।

ट्रेडमी नामक इन्टरनेट साइटले पछि आफ्नो साइटमा आएको यस्तो अश्लील सामाग्रीलाइ हटएको थियो । पछि आमाकै सहमतिमा उत्तेजक तश्वीर शीर्षकमा अन्य तश्वीरहरू राखेका थिए ।

माइकलले आफूलाइ चाहिने अतिरिक्त रकमका लागि आफ्नै आमाका अर्धनग्न तश्वीरहरू इन्टरनेटमा बेचेको स्वीकार गरेका छन् । “मलाइ पैसा चाहियो र त्यो पैसा इन्टरनेटका माध्यमबाट यसरी आउँछ भने मलाइ लिन कुनै आपत्ति छैन”, पत्रिकाले माइकलको भनाइ भन्दै छापेको छ ।

पहिलो पटक त उनकी आमा जेनिफरलाइ यो विचार बिल्कूलै मन परेन । तर पछिल्लो पटक राखिएका तश्वीरहरू निकै राम्रा भएकाले त्यसमा उनको कुनै चित्त दुखाइ भने छैन ।

“ती तश्वीरहरू ८ वर्षअघि लिइएका थिए र हेर्दामा त्यति असभ्य पनि देखिँदैनन् । त्यसैले तिनलाइ इन्टरनेटमा बेच्नु कुनै ठूलो कुरा होइन”, उनले बताइन् ।

ती तश्वीरहरूलाइ विश्वभरबाट ११ हजारभन्दा बढी पटक हेरिएको समाचारमा जनाइएको छ । तर पछि ती इन्टरनेटको उक्त साइटमा राखिन योग्य नभएका कारण निकालिएको साइटले जनाएको छ ।

“वास्तवमा म मेरो वेबसाइटलाइ त्यस्तो ठाउँ बनाउन चाहन्नँ, जहाँ आफ्नै आमाको अर्धनग्न तश्वीर कुनै छोराले राखोस् । त्यसैले मैले त्यहाँबाट हटाइदिएको हुँ”, ट्रेडमीका प्रवक्ताले अध्यक्षको भनाइलाइ उद्धृत गर्दै बताए ।

source : enasha.com