एउटा ठूलो परिमाणको चिज हराएको छ । कसैले यो चिज चाहिँ अाकाशमा हराएको अाशंका गरिरहेका छन् । तर चिजका मालिक भने बेलायतकै कुनै अप्ठेरो ठाउँमा यो गायब भएको हुन सक्ने अाशामा छन् । वेस्ट कन्ट्री फार्मिङ नामक कम्पनीले एउटा ठूलो बेलुनमा चिजहरू बेरेर अाकाशमा उडाएको थियो । र, यो चिज कहाँसम्म पुग्ला भनेर उनीहरूले ट्रयाक गर्ने जीपीएस प्रणाली पनि जोडिएको थियो । तर बेलुन उड्दा–उड्दै अकस्मात जीपीएस प्रणालीले काम गर्न छाडेपछि ह्विसलशायर र हर्टफोर्डशायरबीचमा कहिँ उक्त बेलुन हराएको कम्पनीको अाशंका छ । वेस्ट कन्ट्री फार्महाउस नामक चिज निर्माता समूहका डम लेनले बीबीसीसँग भने– “हामीले त्यो बेलुनलाइ पत्तो लगाउने प्रयास गरेका हाैँ तर अहिलेसम्म सफल भएका छैनाैँ र तपाइँले दिने समाचारले त्यतातिरका बासिन्दाले हाम्रो बेलुन फेला पारिदिएर खबर गर्नु होला कि भन्ने मैले सोचेको हुँ ।” यो बेलुनलाइ माथि अाकाशमा पुर्याएर अन्तरीक्षमा फुटाल्ने र बेलुनभित्र रहेको चिजलाइ अाकाशमा नै तैराउने उनीहरूको इच्छा थियो । पछि उक्त चिजलाइ प्यारासुटमा राखेर पृथ्वीमा पुनः फर्काउने इच्छा रहेको थियो ।

source : enasha.com