स्नातक गरेपछि पनि बेरोजगार बनेकी अमेरिकी एक महिलाले आफू पढेको कलेजविरुद्ध मुद्दा हालेकी छिन् ।

२७ वर्षीया टिना थोम्सनले मोनरो कलेजविरुद्ध गत साता सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेकी हुन् । उनले सूचना प्रविधि विषयमा स्नातक पढ्न लागेको कलेज खर्च ७० हजार डलर फिर्ता मागेकी छिन् ।

मोनरो कलेजका प्रवक्ता गेरी एलेक्सव्याङकले टिना थोम्सनको मुद्दा आधारहीन भएको बताएका छन् । उनले यसै वर्षको अप्रिलमा स्नातक गरेकी थिइन् ।

कलेजले भने अनुसारको करिअर सल्लाह नदिएको आरोप उनले लगाएकी छिन् । उनीहरूले मलाई पर्याप्त सहयोग गर्न कोसिस नै गरेनन्, थोम्सन भन्छिन् ।

आमा क्यारोल पनि छोरीसँग सहमत छिन् । छोरीले कलेजमा अत्यन्त विश्वास गरेको र त्यसअनुसारको फल नपाएकोमा उनी दुःखी छिन् ।

टिनाको कलेज पढ्दा लागेको ऋणको किस्ता तिर्नुपर्ने समय आइसकेको छ । यसले थोम्सन परिवारलाई थप तनाबमा पारेको छ । तर, मोनरो कलेज भने थोम्सनलाई रोजगार खोज्न सहयोग नगरेको आरोप मान्न तयार छैन ।

source : enasha.com