अमेरिकाको न्यूयोर्क निवासी लिसा रोजेनबर्गले अाफूले पालेको कुकुरलाइ अंग्रेजीमा लेखिएका साधारण किसिमका  ादेशलाइ पालना गर्न सक्ने बनाएकी छिन् ।

उनको विल्लो नामक कुकुर्नीले लेखिएका शब्दहरू पढेर लेखिएअनुसार अाफ्नो हाउभाउ प्रदर्शन गर्ने गरेकी छे । जस्तो कि सिट अप भन्ने शब्द देख्ने बित्तिकै हत्त न पत्त दुइ खुट्टाका बलले बस्दछे ।

विल्लोकी शिक्षिका तथा मालिक्नी मिस रोजेनबर्ग चाहिँ यस्तो सिकाउन पाउँदा निकै खुशी देखिएकी छिन्, भन्छिन्– “उ वास्तवमा निकै चाँडो सिक्नसक्ने खुबी भएकी रहिछे । मैले सोचेकै थिइनँ, उसले यति चाँडो सिक्ली र यो प्रदर्शन गर्न सक्ली !”

रमाइलो त के छ भने उनलाइ मालिक्नीले २ सय ५० यस्ता किसिमका व्यवहारहरू सिकाएकी छिन्, जुन लेखेको देख्ने बित्तिकै उसले गरिहाल्छे ।

अब उनलाइ त एबीसीडी समेत सिकाउन मन छ । तर यसको शुरूवात राम्रै भइरहेको उनको धारणा छ किनभने उनले लेखेका कतिपय शब्द देखेर त्यसअनुसारको हाउभाउ देखाउन थालिसकेकी छे बिल्लोले ।

विल्लोकी मालिक्नी लिसाले उनको एक साथीसित कुकुरले शब्दहरू पढ्न सक्ने भनी बताएकी थिइन्, तर साथीले पत्याएनन् । लिसाले बाजी पनि टिकिन् र वास्तवमा विल्लोले अक्षरहरू समेत पढेर देखाइदिएपछि मेक्सिको घुमाउन ती साथी बाध्य भए । र, रमाइलो के भइदियो भने विल्लोले पनि मेक्सिको घुम्ने राम्रो अवसर पाइ ।

विल्लोको पासपोर्टसमेत बनेकाले विभिन्न ठाउँमा घुम्ने र यस्तै कर्तब देखाउने काम पनि राम्रैसित पाएकी छे । विल्लोले रमाइलो के गरिदिइ भने गएको मे महिनामा लिसाकी एक साथीको बिहेमा हातले लेखिएको बिहे–गीतको टुक्रालाइ सरसतापूर्वकसमेत गाइदिइ । त्यसयता विल्लोको ख्याति दिनप्रतिदिन बढिरहेको छ ।

source : enasha.com