अनाथ राता पान्डालाइ एउटी कुकुर्नीले शरण दिएकी छे । चीनको एउटा चिडियाघरमा रहेका राता पान्डाकी आमाले आफ्नै सन्तानको हेरचाह नगरेका कारण आमाको माया खोजिरहेका पान्डालाइ एउटी कुकुर्नीले अपनाएकी हो ।

यी दुवैलाइ जन्म दिएपछि तिनकी आमाले हेरचाह नै गर्न छाडी । चीनको साङ्सी प्रान्तस्थित तैयुअन चिडियाघरकी त्यो पान्डा आमाले आफ्नै सन्तानलाइ हेला गर्न थालेपछि छेउमै बस्ने कुकुर्नीले पान्डालाइ शरण दिएकी हो ।

“यी दुइ साना छाउरालाइ जन्म दिनुअघिसम्म चिडियाघरका व्यक्तिलाइ आमा पान्डा गर्भवती छे भन्ने चालसमेत पाएका थिएनन् । किनभने उसको बाक्लो रौँका कारण गर्भवती भए नभएको कसैले चाल पाएन र यो रहस्यमै रह्यो”, चिडियाघरका स्टोर किपर हा गुजियाङले भने ।

“चिडियाघरमा आइरहने मान्छेको भीडले हो वा अन्य कुनै कारण, बच्चालाइ खुवाउने पियाउने काममा रूचि राख्नै छोडी,” उनले बताए । त्यसपछि भर्खरै जन्मिएका बच्चाका लागि कुनै वैकल्पिक दूध चुसाउने आमा चाहियो । तब छेउकै गाउँबाट भर्खरै छाउराहरू जन्माएकी एउटी कुकुर्नीलाइ ल्याइयो ।

अहिले त्यही कुकुर्नीले दुइ वटा हेर्दै रहरलाग्दा पान्डालाइ हुर्काइरहेकी छे । कहिलेकाहीँ त उसले आफ्नै सन्तानलाइ पनि वञ्चित गराएर भए पनि पान्डाका छाउरालाइ दूध चुसाइरहेकी भेटिन्छे ।

तीन साताअघि जन्मिएका यी पान्डाका सन्तानले अहिलेसम्म आँखा उघारेका छैनन् । यिनीहरूको लम्बाइ २० सेन्टिमिटरको छ ।

चीनमा अहिले २ हजार ५ सय वटा मात्र पान्डाहरूको संख्या रहेको अनुमान गरिन्छ ।

source : enasha.com