जापानी अन्वेषकहरूले कुकुरहरूको भुकाइ अनुवाद गर्न सक्ने यन्त्रको विकास भएको दाबी गरेका छन् । भुकाइले कुकुरको मनोभाव दर्साउन सक्ने यन्त्र बनेको उनीहरूको दाबी छ ।

बोलिगुअल भ्वाइस नामक यो यन्त्रलाइ जापानी खेलाैना निर्माता तकारा टमीले बनाएका हुन् । उनका अनुसार यो यन्त्रले कुकुरको भुकाइलाइ मानव भाषामा रूपान्तर गर्न सक्नेछ ।

यो मेसिनले मूलतः ६ किसिमका भावनालाइ पत्ता लगाउन सक्छ । दुःख, खुशी, अानन्द, निराशालगायत अन्य । उसको खेलकूदको भावनालाइ पनि मेसिनले पत्ता लगाउन सक्छ ।

१ सय २९ पाउन्ड रकमको यो मेसिनलाइ जापानी बजारमा अर्को महिनाबाट ल्याइने बताइएको छ । यस किसिमको पहिलो मेसिन भने ७ वर्षअघि बजारमा अाइसकेको छ ।

यसलाइ शुरूमा जापानमा मात्र बिक्री गरिने भएकोछ । यो मेसिन हातमा बोक्न मिल्ने किसिमको रहेको छ भने एउटा माइक्रोफोन कुकुरको टाउको वा घाँटी वरपर झुन्डाउन मिल्ने किसिमको छ ।

जब कुकुर भुक्छ, तब माइक्रोफोनले भुकाइलाइ रेकर्ड गरेर राख्छ । तब रेकर्ड भएको साउन्डलाइ हातमा राखिने मेसिनले अनुवाद गरिदिन्छ । र, उक्त अनुवादबाट कुकुर मालिकले कुकुरले भन्न खोजेको वास्तविक कुरा थाहा हुन्छ ।

रमाइलो त क छ भने कुकुर मालिक घरमा नभएको बेला कुकुरले के के कुराको इच्छा राख्यो, ती सबै कुरा रेकर्ड भएर बस्दछ ।

जापानमा यो मेसिन ३ लाख प्रति बिक्री भइसकेको छ । यो हालै मात्र टोक्यो खेलाैना मेलामा प्रदर्शनीमा राखिएको थियो ।

source : enasha.com