बेलायतकी एक महिला अहिले के कुरामा चकित परेकी छिन् भने अफ्रिका महादेशको घना जङ्गलमा पाइने खतरनाक विरूवा अाफ्नो बगैँचामा कसरी अाइपुग्यो !

फिलिस एबोट, ७९, ले पहिलो पटक गएको वसन्त ऋतुमा यो डेभिल्स स्नेयर नामक विरूवा फेला पारेकी थिइन् । र, अहिले त यो ह्वात्त बढेर ५ फिट अग्लो भइसकेको छ ।

दक्षिणी अमेरिकी इन्डियनहरूले यो विरूवालाइ शिकार गर्नुभन्दा अघि तीरमा दल्ने गर्छन् । र, यो यति बिषालु हुन्छ कि एक पटक यसको रस घाउमा लाग्यो भने मान्छे ठहरै मर्छ ।

यसको विषले गर्दा मान्छेको मुख सुक्ने, अाँखा कमजोर हुने, मुटुको चाल कम हुने, विभ्रम हुने र विस्तारै कोमामा गएर मृत्यु हुने गर्दछ ।

न्यूमार्केटनिवासी एबोट र उनका श्रीमान् जर्ज, ८४, ले यो देखेपछि बेलायतको रोयल हर्टिकल्चर सोसाइटीलाइ खबर गरेका छन् ।

यो विरूवा कसरी अाइपुग्यो भन्ने रहस्य रहेकै बेला एबोटले भनिन्– “मलाइ यो विरूवाका बारेमा थाहा भयो र अब हामी यसबाट अलि टाढा नै हुन्छाैँ । तर म यसलाइ चाँडै काटेर फाल्ने योजनामा छु ।”

रोयल हर्टिकल्चर सोसाइटीले एबोट र उनको परिवारलाइ यो विरूवाबाट टाढै रहन सुझाव दिएको छ । र, यो विरूवा नास्दा पनि यसको जरैसमेत उखेलेर फ्याँक्न सुझाव दिएको छ ।

सोसाइटीका प्रवक्ता जेम्स आर्मिटेजले भने– “यो विरुवा बेलायती होइन । र, जहाँसम्म लाग्छ यो विरूवाको बिउ चराचुरूङ्गीले उठाएर ल्याएको हो ।”