हट डग खाने विश्व कीर्तिमान अमेरिकामा तोडिएको छ । हालै त्यहाँ सम्पन्न हट डग खाने प्रतियोगितात्मक समारोहमा बनेको कीर्तिमान तोडिएको हो ।

१० मिनेटभित्र ६८ वटा हट डग खाएर जोए चेस्टनटले वार्षिक रूपमै अायोजन हुने खन्चुवाहरूको न्यूयोर्कस्थित कोनी अाइल्याण्डमा अायोजित यो प्रतियोगिता अघिल्लो पटक ६६ वटा खाइएको हट डगको कीर्तिमान तोडिएको हो ।

उनका प्रमुख प्रतिद्वन्द्वि जापानका तकेरू कोबायासीले ६४ र अर्को अाधा हट डग खान भ्याएको डेली टेलिग्राफ पत्रिकाले जनाएको छ । जापानी तकेरीले यसअघि ६ पटकसम्म यो प्रतियोगिता जितिसकेका छन् । तर यस पटक उनी दोश्रा
हुन पुगे ।

यी दुइ प्रतियोगीहरूले करिव १९ हजार क्यालोरी खाएको अनुमान छ ।

न्यूयोर्कमा सन् १९१६ देखि यो प्रतियोगिता १३ जनाबाट शुरू भएको थियो । तर अहिले यो खेलको प्रतियोगिता कति धेरै छ भने इएसपीएन टेलिभिजनले अमेरिकाभर प्रत्यक्ष प्रसारण गरेको थियो । र, वार्षिक प्रतियोगितामा यस खेललाइ प्रत्यक्ष रूपमा हेर्ने दर्शकको पनि ठूलो भीड हुने गरेको छ ।

विजेताले यस पटक २० हजार डलर जिते भने उनले मस्टर्ड बेल्ट हात पारे । क्यालिफोर्नियाबासी २५ वर्षे उनले केही समयअघि यस्तै अर्को एक प्रतियोगितामा ५ किलो म्याक्रोनी र चिजलाइ सात मिनेटमा खाइसिध्याएका थिए ।

source : enasha.com