चीनको एक खरायोलाइ कोरियाली टेलिसिरियलको लत लागेको छ । यदि ती खरायोकी मालिक्नीले कुनै अन्य च्यानल लगाउने प्रयास गरिन् भने खरायोले अाक्रमण गर्ने गरेको चिनियाँ अखबारले जनाएको छ ।

फुजियान प्रान्तको जियामेन निवासी जियाङ चुनलेइले खरायोलाइ अाफ्नी छोरीजस्तै माया गरेर पालेको हुनाले त्यसको रूचिमा ध्यान दिएको बताएका छन् ।  खरायोले पनि अाफूहरूजस्तै कोरियाली टेलिश्रृङ्खला मन पराउन थालेको उनीहरूले बताएका छन् ।

हरेक दिन राति १० बजे उक्त खरायो दुइ दम्पत्तिको बीचमा बसेर तीनै जनाको लोकप्रिय श्रृङ्खला हेर्ने गरेको जियामेन इभिनिङ पोष्टले जनाएको छ ।

मिस मेरमेड नामक उक्त शृङ्खला अनजान र भूलवश रिमोट थिचिएर अन्यत्रै मोडियो भने उक्त खरायो निकै झोँक्किने गरेको बताए । रिसको बेला सिरानीलाइ टोक्ने र दम्पत्तिमाथि अाक्रमणसमेत गर्ने गरेको दुवैले बताए । त्यसलाइ चूप लगाउन पुनः त्यसकै प्रिय शृङ्खलामा फर्काउनु पर्छ ।

जियायु नाम राखिएको उक्त खरायो अन्तै कतै जाँदा पनि त्यो शृङ्खला देख्न पाइ भने खुशी हुँदै अडिन्छे र सिरियल नसकिउन्जेल हेरिरहन्छे ।