बेलायतको एस्सेक्सस्थित एउटा कुकुरले अचम्मको व्यवहार देखाउन थालेपछि कुकुरलाइ डाक्टरकहाँ पठाइयो । र, डाक्टरहरूले पत्तो लगाए– कुकुरले त गल्फ बल पो निलिदिएछ ।

मार्क र मिसेल जेवेलले पालेको बार्टी नामक यो कुकुरले एउटा होइन, दुइटा मात्र पनि होइन पूरै ९ वटा गल्फ बल निल्न पुगेछ । अब सानोसानो पेटमा पूरै ९ वटा बल छिरेपछि उसको हिँडाइ अनाैठो हुनु पनि स्वाभाविक नै थियो ।

कुकुरको पेटको एक्स रे गरेपछि उसको पेटमा ९–९ वटा बल भएको पत्तो लागेको थियो । उसले निलेको बलमध्ये कुनै एउटा पेटभित्र फुटेको भए कुकुरका लागि ज्यानैको जोखिम हुनसक्ने स्थिति थियो।

तब यो थाहा हुने बित्तिकै बार्टीलाइ पेटको सर्जरी गरी पूरै बल निकालिएको छ । अहिले कुकुरको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको समाचारमा जनाइएको छ ।

बार्टीले कहिले र कसरी यी बल निल्न पुग्यो भन्ने चाहिँ थाहा हुन सकेको छैन ।

source : enasha.com