चीनका चिकित्सकहरूले एक ८ वर्षे बच्चालाइ लगातार रूघाखोकीले सताएपछि जाँच गर्दा छातिमा काँटी फेला पारेका छन् ।

एनहुइ प्रान्तस्थित मिगुअङ निवासी जियाअ मिङलाइ गएको वर्षभरि नै लगातार रूघाखोकी लागेका कारण स्थानीय अस्पतालमा पुर्याइएको याङसे इभिनिङ पोष्टले जनाएको छ ।

अस्पतालमा उनको एक्स–रे जाँच गर्दा उनको छातिको दायाँतिर एउटा किला स्पष्ट देखापरेको थियो ।

त्यसपछि चाहिँ उनको छातिमा कसरी किला छिर्यो भन्ने सोधिखोजी भयो । उनले गएको वर्ष होमवर्क गर्दागर्दै काँटी निलेको स्वीकार गरेका छन् ।

नानजिङ बाल अस्पतालका डाक्टर झो एइले भने– “किलाकै कारणले उनको फोक्सोमा असर गरेको छ । तर यी बच्चा निकै भाग्यमानी हुन्, किनभने किलाले छातिमा उति धेरै असर गर्न नपाइ नै रहस्य खुलेको छ ।”

इन्डोस्कोपी गरेर उनको छातिबाट किला निकालिएको छ । र, अब मिङलाइ सन्चो हुने आशा गरिएको छ ।

source : enasha.com