इन्टरनेटमा जँड्याहाहरूको योगा पोजिशनले वाहवाही कमाइरहेको छ । अहिले इन्टरनेटमा जँड्याहाहरूले होश गुमाउन पुग्दा नजाँनिदो किसिमले योगाको प्रचार भएका कारण संसारभर हिट भएको छ ।

केलप्रोजेक्ट नामक उक्त ब्लगमा यस्ता तश्वीरहरू प्रकाशन गरिएका छन्, जुन जँड्याहाहरूले जाँड लागेर अचेत अवस्थामा रहेका बेला योगाशनमा बसेका छन् । त्यो पनि एउटा मात्र पोजिशनमा होइन, अनेक र विविध अवस्थामा ।

त्यसो त जँड्याहाहरूले जहीँतहीँ तमासा देखाइरहेका हुन्छन् तर त्यो तमासालाइ पनि योगासँग जोडिएका कारण यसले खूब दर्शक बटुलिरहेको डेली टेलिग्राफले जनाएको छ ।

ब्लगले भनेको छ– योगाले मान्छेको स्वास्थ्यलाइ राम्रो गर्छ भन्ने गरिन्छ । यसको कारण चाहिँ योगाका विविध अासनका बेला शरीरका अङ्गअङ्गले त्यो अासनबाट शक्ति प्राप्त गर्ने हुनाले मान्छेलाइ अानन्दको महसूस हुने गर्छ ।

केही समयअघि यस्तै किसिमका “लाइङ डाउन गेम”का नाममा फेसबुकमा छरिएका यस्तै अचम्मका तश्वीरहरूलाइ जम्मा गरेर यो ब्लग तयार पारिएको ब्लग सञ्चालकले जनाएका छन् ।

source : enasha.com