अष्ट्रियाको स्कूलका विद्यार्थीहरूले जाँचमा अाफ्ना साथीलाइ कुनै पनि प्रश्न सोधेर उत्तर कापीमा जवाफ लेख्न सक्ने सुविधा दिन थालिएको छ । ताकि विद्यार्थीहरूको जाँचको परिणाम राम्रो अाउन सकोस् ।

शिक्षक रेनहार्ड पिटरलाइ यो जुक्ति त्यतिबेला अायो, जतिबेला उनले टीभीबाट अाउने हु वान्ट्स टु बि अ मिलेनियर हेरे । उनले त्यही शैलीलाइ हाइस्कूलको परीक्षामा उपयोग गर्ने विचार गरे । यसो गर्दा कक्षाको परिणाम राम्रो हुने अपेक्षा उनले गरेका छन् ।

ब्रेजेन्जमा रहेको उक्त स्कूलका शिक्षक रेनहार्डले भने- “विद्यार्थीले अाफूलाइ नअाएका प्रश्नको जवाफ डाक्टर, शिक्षक तथा अन्य व्यक्तिहरूलाइ सोध्न सक्छन् ।”

प्रायः जाँचमा बस्ने बित्तिकै विद्यार्थीहरूको अात्मविश्वास खस्कने कारणले उनीहरूले सोचेजस्तो उत्तर लेख्न सक्दैनन् । त्यो समस्या समाधान शायद एक फोन कलले पो गर्न सक्छ कि भन्ने उनको अाशय हो ।

तर कहिलेकाहीँ विद्यार्थीभन्दा पनि सम्बन्धित विषयका विज्ञहरू नै नर्वश हुने गरेकाले प्रभावकारी उत्तर नअाउने पो हो कि भन्ने चिन्ता पनि रेनहार्डलाइ उत्तिकै छ । उनले भने- “बाहिरियाहरूलाइ अचानक प्रश्न अाउने हुनाले तिनीहरू तुरून्त मानसिक रूपमा तयार नहोलान् र चाहिँदो उत्तरको साटो नचाहिँदो जवाफ अाउला भन्ने पीर चाहिँ मलाइ लागेको छ ।”

त्यसैगरी, कहिलेकाहीँ जान्ने मान्छेले पनि कतै मैले गलत त उत्तर सुझाइनँ भन्ने चिन्ताका कारण पनि राम्रो उत्तर अाउन नसक्ने सम्भावना पनि उत्तिकै हुन्छ । उनले यो सम्भावना कसरी पाए भने हालै उनले यो प्रयोग अाफ्नो कक्षाकोठामा गर्दा पनि सन्तोषजनक परिणाम मात्र विद्यार्थीले पाए ।