घनश्याम आचार्य/रोल्पा । भदौ ५ गते/रोल्पाका विभिन्न गाविसमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । रोल्पा राँकमा झाडापखालाबाट भदौ ५ गते एक जनाको ज्यान गएको छ ।

<!–

Posted On : Saturday, August 22, 2009 | 05:00:08 PM

–>
राँक-९ सुनारगाउँकी २९ वर्षीया भिमी विकको भदौ ५ गते विहान ज्यान गएको हो । मृतक विकलाई भदौ ४ गते बेलुकादेखि झाडापखाला लागेको र उपचारको लागि भदौ ५ गते मात्र स्थानीय मेडिकलमा लैजाने तयारी गरिरहेकै बेला ज्यान गएको परिवारले बताएको छ । उता उपस्वास्थ्य चौकी राँकका अहेव आफ्नो बच्चा विरामी भएपछि सल्यान घर गएका स्थानीय भूपलाल केसीले जनाएका छन् । स्वास्थ्य चौकीमा अहेव नहुँदा उपचारमा थप समस्या परेको छ । स्वास्थ्य चौकीमा स्लाइनको अभाव रहेको बताइएको छ । उपस्वास्थ्य चौकीमा २ जना झाडापखालाको विरामीको उपचार भइरहेको छ । यो सहित झाडापखालाबाट रोल्पामा मर्नेको सङ्ख्या सात जना पुगेको छ ।