बेलायतमा हरेक वर्ष अायोजन हुने टफ गाय रेस प्रतियोगितामा यस पटक भाग लिनका लागि विश्वभरबाट तीन हजारभन्दा बढी व्यक्तिहरू भेला भएका छन् ।

६ माइल टाढासम्म विभिन्न प्रकारका दुःख र कष्ट र २१ वटा व्यवधान सहदै यो दाैड पूरा गर्नु पर्छ ।

यो दाैड शुरू गर्नुभन्दाअघि प्रतियोगितामा भाग लिनलाइ अाफ्नो मृत्यु भए, त्यसको जिम्मेवार अाफैँ हुनुपर्ने लिखितममा दस्तखत गर्नुपर्ने हुन्छ ।

यसमा भाग लिनेहरूले बलिरहेको टायरबाट दाैडिनुपर्ने, विभिन्न किसिमका खतरनाक जीवजन्तु भएका पोखरीमा हाम्फाल्नु पर्ने र त्यहाँबाट जीवितै निस्कनु पर्ने, साँघुरो प्वालबाट छिर्नुपर्ने अादि कामहरू गर्नु पर्नेछ ।

४० फिट अग्लो पर्खालमा चढ्नेदेखि लिएर अनेक किसिमका व्यवधान यसमा हुनेछन् ।

कार्यक्रमका व्यवस्थापक मोजर विल्सनले भने– “यस्तो खतरनाक खेल शायद संसारमै कहिँ छैन र पनि यसमा भाग लिन मान्छेहरू तामझामका साथ अाइपुग्छन्।”

बेलायती सैनिकहरुले अफगानिस्तानबाट समेत यो कार्यक्रममा भाग लिन आतुर भएर चिठ्ठी पत्रहरु पठाइरहेका हुन्छन् ।

यसमा भाग लिने प्रतियोगीहरुको ढाड भाँचिने, आगोले पोल्ने र हातगोडा काट्ने भनेको त सामान्य घटना मात्र हुन् ।

पहिलो पटक यो दाैड पूरा गर्ने व्यक्ति भनेका जेम्स एप्लेटन हुन् । क्याम्ब्रिज निवासी उनले यो दाैड १ घण्टा ३९ मिनेटमा पूरा गरेका थिए ।

source : enasha.com