दिपक बुढा, सुर्खेत भदौ ५/झाडापखाला प्रभावित क्षेत्रमा वितरण गर्नका लागि ढाई लाखको सर्बोत्तम पिठो शुक्रबार एक कार्यक्रम बीच वीरेनद्रनगरमा सभासदलाई हस्तान्तरण गरिएको छ । महिला बालबालिका तथा समाज कल्याण परिषदको सहयोगमा प्राप्त ३ हजार ८ सय ५२ प्याकेट पिठो सभासद मंगल विश्वकर्मालाई हस्तान्तरण गरिएका हो ।

<!–

Posted On : Saturday, August 22, 2009 | 04:54:59 PM

–>
पौष्टिका आहारका लागि झाडापखाला प्रभावित क्षेत्रका महिला बालबालिकाहरुलाई सो पीठो वितरण गरिने भएको छ ।

सम्बन्धित जिल्लाका जिल्ला पशासन मार्फ पौष्टिक अहार र्सवाेत्तम पिठो वितरण गरिने जनाइएको छ ।

समाज कल्याण परिषद अन्तरगतको राष्ट्रिय स्वास्थ्य कोषका अध्यक्ष टीकाराम क“डेलले सभासद मंगल विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् ।

प्रमुख जिल्ला अभिकारी, स्थानिय राजनीतिक दलका प्रतिनीधि,सञ्चारकर्मी लागएतको सर्बोत्तम पिठो हस्तान्तरण कार्यक्रममा सहभागी रहेका थिए ।