नन्दराम पौडेल/कपिलवस्तु । भदौ ६ गते

<!–

Posted On : Saturday, August 22, 2009 | 05:00:44 PM

–>जयनगर गाविस-८ गोरुसिंहेकी ४० वर्षीय बालिका बुढाथोकीले आफूलाई पति बुद्धिबहादुर बुढाथोकीले कुटपिट गरेको भन्दै ०६६ भदौ ५ गते जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा उजुरी गरेकी छन् ।

अनैतिक कार्यमा लागेको भन्दै पतिले जाँड-रक्सी खाई पटकपटक कुटपिट गर्दै आएकामा आफू एक साता पहिले मराणासन्न हुने गरी कुटपिट गर्दा गम्भीर घाइते भएको बालिकाले जनाएकी छन् । उनले कुटपिटबाट गाला सुनिएको र शरीरको अन्य भागमा समेत निलडाम रहेको जनाएकी छन् ।

उजुरीमा बालिकाले कुटपिटबाट आफूलाई घाइते बानाइएको भन्दै पतिलाई कडा कारबाहीको माग गरेकी छन् । उनले भदौ ५ गते जिल्ला अस्पताल तौलिहवामा घाउजाँच गराएकी छन् । जिल्ला पारालिगल कमिटीको सहयोगमा पीडितले ढिलै भएपनि कानुनी कारबाहीको लागि उजुरी गरेकी हुन् । यस जिल्लामा घरेलु हिंसाका घटनाहरू गाउँ घरमै मिलाउने चलन रहँदै आएकोमा यो घटना प्रहरी कार्यालयसम्म पुगेको छ ।