अाफ्ना सन्तानलाइ खुशी पार्न थुपारिएका खलाैनाहरूलाइ फ्याँक्न माया लागेर एक व्यक्तिले तिनै पुराना खेलाैनाहरूलाइ नयाँ रूपमा सजाएका छन् ।

रबर्ट ब्राडफोर्ड अाफ्नो बानीअनुसार पुराना खेलाैना देख्ने बित्तिकै त्यसलाइ नयाँ रूपमा ढाल्ने अाफ्नो बानीका कारण अहिले चर्चित खेलाैना कलाकारका रूपमा प्रतिष्ठा अार्जन गरिरहेका छन् । र, अहिले उनले प्रत्येक कलालाइ १२ हजार पाउन्डमा बेचिरहेको टेलिग्राफ दैनिकले जनाएको छ ।

“म जहिले पनि मेरा बच्चाहरूले हरेक दिन फ्याँक्ने खेलाैना हेरेर यिनको सदुपयोग कसरी गर्ने होला भनेर गमिरहन्थेँ”, उनले भने- “त्यसपछि मैले खेलाैनाहरू भेला पार्दै तिनलाइ नयाँ रंगमा रंग्याएर नयाँ रूप दिने गर्दथेँ ।”

पेशाले साइकोथेरापिस्ट उनले भने- “यो एकै ठाउँमा भेला पार्दा त अनाैठो देखिँदो रहेछ, एउटा बेग्लै प्राणीजस्तो । त्यसैले पछिपछि मलाइ रमाइलो लाग्न थाल्यो ।”

ब्राडफोर्डले शुरूमा कुकुर बनाए, चार वर्षअघि । त्यसका लागि उनलाइ कच्चा पदार्थ जुटाउन खासै समस्या परेन । उनकै बच्चाबच्चीका पुराना, थोत्रा र फ्याँक्न माया लागेका चिजबिजहरूबाट उनले तयार पारेका थिए ।

बनाउने प्रक्रिया उनलाइ मन परेर यस्तो काम शुरू गरे पनि अहिले त्यसले ख्याति नै दिलाएपछि चाहिँ उनी अवाक् भएका छन् ।

उनले ठूला अाकारका ३ हजारभन्दा बढी यस्ता चिज बनाइसकेका छन् । उनले बनाएकामध्ये सबैभन्दा ठूलो  ाकारका द टोय सोल्जर र द टोय एन्जेल थिए । जसलाइ बनाउन उनलाइ २ महिना लागेको थियो ।

source : enasha.com