२ सय ५० वर्षअघि नै अपराधी घोषित गरी मृत्युदण्ड दिइएका अपराधीको सोधिखोजी शुरू भएको छ । र, त्यो खोजी प्रहरीले नै गरेको छ । २ सय ५० वर्षअघि डिक तुर्पिन नाम गरेका ती अपराधीलाइ बेलायती प्रहरीले झुण्ड्याएर मारेको थियो ।

उतिबेलाका अखबारका कटिङ भेला पारेर, उसको अनुहारको हाउभाउ अखबारले वर्णन गरेअनुसारको डिजिटल्ली फोटो तयार पारिएको थियो ।

रिचर्ड डिक तर्पिनलाइ सन् १७३९ मा हत्या, चोरी, राजमार्गमा हुने डकैती र घोडा चोरीको अभियोगमा मृत्यु दण्ड दिइएको थियो ।

अब तपाइँलाइ लाग्न सक्छ, साढे दुइ सताब्दी बितिसक्दा पनि तिनलाइ किन सम्झिइएको होला ? योर्क क्यासल म्युजियमले नर्थ योर्कशायर प्रहरीसँग मिलेर “वान्टेड” तश्वीरहरूको प्रदर्शनी गर्नका लागि उतिबेला मरिसकेका तर्पिनलाइ फेरि सम्झिइएको थियो ।

उतिबेलै उनलाइ पक्रन तयार पारिएको हातेचित्रलाइ अझ विस्तार गरी डिजिटल प्रति बनाइएको थियो । तर उतिबेला बनाइएका ती चित्र पनि सत्यताको नजिक नरहेकाले तिनलाइ पक्राउ गर्न निकै कठिन परेको थियो ।

त्यसैले त लन्डन गजेटमा सन् १७३५ देखि १७३७ सम्म छापिएका लेखहरूलाइ समेत अाधार बनाएर यो चित्र तयार पारिएको थियो ।

जुन २१ सन् १७३७ मा छापिएको लेखमा भनिएको छ– रिचर्ड तर्पिन एस्सेक्सस्थित थाक्स्टेडमा जन्मिएका थिए । करिब ३० वर्षका उनी मासु पसले थिए । ५ फिट ९ इन्च अग्ला यी व्यक्ति न काला थिए, न त गोरा नै ।

उनलाइ यो लेख तयार हुनुभन्दा अघि निकै सुन्दर व्यक्तिका रूपमा व्याख्या गर्ने गरिएको थियो । अनुसन्धानकर्ता क्याथ्रिन प्रियरले भनिन्- “पहिले परी कथाजस्तो उसलाइ नायक बनाइएको भए पनि वास्तवमै उ कुरूप मान्छे रहेछ भन्ने पछि थाहा भयो ।”

यति पुराना अपराधी पनि प्रदर्शनीमा अाइपुग्ने भएपछि दर्शकको घुइँचो लाग्ने अनुमान अायोजकहरूले गरेका छन् ।