तपाइँ डाइटमा हुनुहुन्छ भने र चकलेट पनि खान रूचाउनु हुन्छ भने तपाइँका लागि फ्याटरहित चकलेट निर्माण भएको छ । यसलाइ किन नचाख्ने ?

एउटा सामान्य चकलेटको तुलनामा यो नयाँ चकलेटमा ९० प्रतिशत कम क्यालोरी रहेको छ । र, यो चकलेट त्यत्तिकै स्वादिलो हुन्छ, जति बजारमा पाइने अन्य चकलेट स्वादिला हुन्छन् ।

स्विट्जरल्याण्डका चकलेट निमार्ता बेरी केलबउटले यसलाइ भुलकेनो नाउँ राखिदिएका छन् । किनभने यो चकलेट निर्माण गर्नका लागि कम्तिमा ५५ सेल्सियस तापक्रममा उमाल्नु पर्ने हुन्छ ।

उक्त चकलेट निर्माताका प्रवक्ताले डेली मिररलाइ भने– “यो चकलेट वास्तवमा एउटा दुर्घटनावश निर्माण भएको हो । यसैको अनुसन्धानमा खर्चिएर निर्माण भएको चाहिँ होइन ।”

बेरीले यसरी अकस्मात सिर्जना भएको चकलेटलाइ क्याडबरी र नेस्लेजस्ता बहुर्राष्ट्रिय कम्पनीलाइ बेच्ने तर्खरमा लागेका छन् ।

source : enasha.com