जर्मनीको एउटा कम्पनीले जनारहरूको अाँखाको लेन्स बनाएको छ । यो लेन्स सिंह, जिराफ, बाघ र भालुहरूका लागि काम लाग्ने बताइएको छ ।

क्रिस्टिन क्रेनरले स्थापना गरेको कम्पनी एस एन्ड भी टेक्नलजीले यसको उत्पादन शुरू गर्ने लक्ष्य लिएको छ । यसले अाँखा नदेख्ने जनावरहरूका लागि ठूलो राहत पुर्याउने अाशा गरिएको छ ।

अरू त सामुद्रिक सिंहले पनि यस्तो चश्माको उपयोग गर्न सक्ने एउटा प्रदर्शनीको क्रममा बताइएको छ । अष्ट्रेलियाको अन्धो एउटा कंगारूले यही लेन्सका कारण अाँखा देख्न थालेको पनि बताइएको छ ।

रोमानिया, अष्ट्रेलिया र अमेरिकाका चिडियाघरका कतिपय जनावररू यस सुविधाका कारण अाँखा देख्ने भएका छन् ।

जनावरमा हुने अन्धोपनालाइ क्याटारेक्ट रोगका रूपमा चिनिन्छ र यो लेन्सको विकासपछि यो रोग लागेका जनावरहरूले अाँखा नदेख्ने समस्याबाट मुक्त हुने अाशा राखिएको छ ।

source : enasha.com