बेलायती युवाहरूले यदि कुनै महिलालाइ बिहे प्रस्ताव राख्नु र सार्क पाैडिने समुद्रमा सँगै डुब्की लाउनु उस्तै उस्तै भएको प्रतिक्रिया दिएका छन् । हालै सम्पन्न एउटा सर्भेमा बेलायती युवाहरूले यो कुरा बताएका हुन् ।

प्रत्येक पाँच युवाहरूमध्ये चार जनाले कुनै युवतीलाइ सीधा बिहे प्रस्ताव राखेर नाइँ भन्ने जवाफ पाउनुलाइ सबैभन्दा खतरनाक र मरेतुल्य हुने अवस्था मानेका छन् । त्यसैले उनीहरूले बरू केटीले नै प्रस्ताव राखून् भन्ने इच्छा राख्ने गरेका छन् ।

सर्भेमा भाग लिएका २८ प्रतिशत युवाहरूले सार्क माछासँग पाैडिनुलाइ जीवनकै सबैभन्दा खतरनाक अवस्थाका रूपमा चित्रित गरेका छन् र सोही अवस्थालाइ बिहेको प्रस्तावसँग दाँज्ने युवाहरूको संख्या २३ प्रतिशत रहेका छन् ।

डरलाग्दो क्षणहरूका बारेमा युवाहरूले उडिरहेको प्लेनबाट हाम्फाल्नु, कुनै पनि कामका लागि अन्तरवार्तामा भाग लिनु अादि अवस्थालाइ चित्रण गरेका छन्

भ्यु सिनेमाका लागि द प्रपोजल चलचित्रको प्रचार गर्न गरिएको एउटा अध्ययनका लागि यो सर्भ गरिएको थियो । द प्रपोजलमा सान्द्रा बुलक र रयान रेनल्डले अभिनय गरेका छन् । र, चलचित्रमा पनि बिहे प्रस्ताव राख्न डराउने एक युवकको वरिपरि कथा बुनिएको छ ।

यस्तो उत्तर युवावर्गबाट अाएपछि भ्यु सिनेमाका मार्क डि क्वेभेनले भने- “वास्तवमा यो चलचित्र सही रहेछ, किनभने बरू मान्छे सार्कसँग स्विमिङ गर्न सक्छ तर एउटी युवतीलाइ बिहेका लागि प्रस्ताव गर्न डराउँछ ।”

यता ५६ प्रतिशत महिलाहरूले चाहिँ अाफ्नो ब्वाइफ्रेन्डलाइ बिहेको प्रस्ताव राख्नु अाफ्नो जीवनको सबैभन्दा खुशीको क्षणका रूपमा उल्लेख गरेका छन् । अनि १० जनामध्ये ७ जना महिलाहरू चाहिँ दिनमै कम्तीमा एक पटक बिहे गरेको सपना बुन्न चाहन्छन् ।

source : enasha.com