पछिल्लो समयमा माैसम परिवर्तनका कारण स्कटल्याण्डमा रहेका एक किसिमका भेडाहरूको संख्यामा निकै कटाैती हुन थालेको अध्ययनकर्ताहरूले जनाएका छन् ।

सन् १९८५ ताका गरिएको एक अध्ययनमा स्कटल्याण्डको किल्डास्थित हिर्ता क्षेत्रमा रहेका सोए जातका भेडाहरूको संख्यामा अहिले ५ प्रतिशतले कमी अाएको छ । सँगैमा उनीहरूको अाकारमा पनि विस्तारै परिवर्तन अाउन थालेको र ताैल पनि घट्न थालेको बीबीसीले जनाएको छ ।

इम्पेरियल कलेज लन्डनका प्राध्यापक टिम कल्सन र उनको समूहले गरेको थियो । टिमले भने- “उक्त द्वीप प्राकृतिक प्रयोगशालाजस्तै छ । त्यहाँ भेडा र खुला चउर मात्र छ । जसका कारण त्यहाँ अध्ययन गर्न सजिलो भएको हो ।” र, यस अध्ययनले माैसम परिवर्तनका कारण त्यहाँ भेडाहरूले चर्ने प्रशस्त ठाउँ हुन थाले पनि उनीहरूको अाकारमा अाएको अाश्चर्यजनक परिवर्तनको कारण पर्खन अझै समय लाग्ने बताएका छन् ।