अाफूलाइ नेकेड काउब्वाइका रूपमा चिनाउन रूचाउने एक व्यक्ति अाफू न्यूयोर्कको मेयर चुनावका लागि लड्ने बताएका छन् ।

न्यूयोर्कको टाइम्स स्क्वायरमा अाइपुग्ने पर्यटकहरूलाइ मनोरञ्जन दिलाउने रबर्ट बुर्क नामक यी व्यक्ति भन्छन्– “प्रायजसो धेरै कम व्यक्तिलाइ मात्र कम चिजमा धेरै फाइदा लिन अाउँछ । त्यसैले म न्यूयोर्कका जनतालाइ कम चिजबाट धेरै फाइदा दिलाउन चाहन्छु ।”

“म न्यूयोर्कबासीहरूलाइ त्यही कुरा सिकाउन चाहन्छु, जुन मैले यत्तिका वर्षमा सिकेँ । अनि मैले जे सिकेँ, त्यो कुरा चाहिँ यदि मेयरका रूपमा म निर्वाचित भएँ भने सबै जनालाइ सिकाउनेछु”, उनले बताए ।

लामो कपाल पाल्ने, बुर्क थरलाइ ट्याटु गरेका उनले अब चाँडै नै अाफू न्यूयोर्कको मेयरका रूपमा उठ्नेबारे  ाधिकारिक घोषणा गर्ने भएका छन् ।

लुगाका नाउँमा बुट, काउब्वाइ ह्याट र एक जोडा कट्टु लगाउने यिनको प्रतिदिन एक हजार डलर अाम्दानी रहेको छ । अरूलाइ मनोरञ्जन दिलाएर उनले प्रतिदिन यति कमाउने गरेको उनले बताएका छन् ।

उनी अहिलेका मेयर माइकल ब्लुमबर्गसँग प्रतिस्पर्धा गर्न चाहिरहेका छन् । तर यी ब्लुमबर्ग अरबपति व्यापारी हुन् र उनी यस पटक तेस्रो पटक न्यूयोर्कको मेयर हुने तरखरमा लागेका छन् ।

अाफू मेयरको प्रत्यासी हुनका लागि मात्र ब्लुमबर्गले यस पटक लाखाैँ डलर खर्च गरिसकेका छन्, त्यस्तोमा यी सडकपतिको मेयर हुने अभियानले कस्तो रूप लिने हो यो चाहिँ हेर्न बाँकी नै छ ।

तर ब्लुमबर्गका वास्तविक प्रतिस्पर्धी चाहिँ विलियम थम्पसन हुने भएका छन् ।