दाैडिरहेको साँढेले कुन्नी के सोच्यो, चीनको एउटा होटलमा रातभर एक पैसा पनि नितिरी सुत्ने अवसर जुरायो ।

हान्निँदै होटलमा पुगेको उक्त साँढे एउटा कोठामा छिरेको छिर्यै भयो, निस्कने अवसर समेत उसले पाएन । होटल मालिक पनि साँढेसित यति डराए कि होटल निकाला गर्ने हिम्मत पनि जुटाउन सकेनन् ।

चीनको साङदोन प्रान्तको जिनान शहरमा रहेको उक्त होटलमा साँढे दाैडिँदा होटल मालिक्नीकी अामा एउटा कोठामा सुतिरहेकी थिइन् । अकस्मात उनको कोठा रिजर्भ नै गरेको ठान्दै त्यहाँ अड्डा जमाएपछि उनले भागेर ज्यान जोगाएको क्विलु इभिनिङ पोस्ट पत्रिकाले अाफ्नो समाचारमा जनाएको छ ।

“जब म अारामपूर्वक निदाइरहेकी थिएँ, अकस्मात मेरो कोठाको ढोका फुटाउँदै एउटा साँढे कोठामा छिर्यो । अवाक् भएर एक टक उसले पनि हेर्यो, मैले पनि हेरेँ । त्यसपछि त म अाफ्नो ज्यान जोगाउन भागेँ”, उनले भनिन् ।

अाफ्नो ज्यान जोगाउन श्रीमती वाङले रातभर पलङमुनि सुतिन् । तर बिहान जब उनका छोरा अामा खोज्दै  ाइपुगे, तब अामाको कोठामा साँढेलाइ देखेर चकित परे । त्यसपछि उनले अनेक उपाय लगाएर साँढेलाइ कोठा निकाला गरेका थिए ।

उक्त साँढे, होटलमा छिर्नुअघि शहरका विभिन्न गल्लीमा बितन्डा मच्चाउँदै गरेको कतिपय व्यक्तिहरूले देखेको समाचारमा जनाइएको छ ।

source : enasha.com