ब्रिस्टोलका एक ८१ वर्षे पुरूषले प्रेममा परेको ६५ वर्षपछि तिनै प्रेमिकासित बिहे गरेका छन् ।

विश्वयुध्दको अन्तिम वर्षहरूमा माइकल फिटरले मेरी अोटेनलाइ भेटेका थिए । डेली मेलले छापेको समाचारअनुसार, दुवैका बाबु व्यापारी थिए र एउटै शहर, दक्षिणी लन्डनस्थित एइ ब्रम्लीमा बस्थे । दुवैले एउटै एंग्लिकन चर्चमा
गाएर प्रार्थना गर्थे ।

एक पटक माइकलले मेरीलाइ प्रेम प्रस्ताव राखे पनि मेरीले त्यो कुरालाइ स्वीकार गरिनन् । तर समय बित्दै गए पनि दुवैले हरेक क्रिसमसमा चिठ्ठी र कार्ड अादानप्रदान गर्ने कुरामा कुनै कन्जुस्याइँ गरेनन् । पछि दुवैले अर्कैलाइ जीवन साथीका रूपमा छनोट गरे ।

तर माइकलको मनमा बाल्यकालकी मेरीको तश्वीर सधैँ रहिरहन्थ्यो । गएको वर्ष दुवै जनाले अाफ्नो जीवनसाथी गुमाए । त्यसपछि उनीहरूको भेटघाट बाक्लिन थाल्यो ।

भेट बाक्लिनु के थियो, दुवैबीच प्रेम माैलाउन थाल्यो । प्रेम माैलाएपछि कसलाइ कुर्नु थियो र । गएको साता उनीहरूले सेन्ट डन्स्टन अारसी चर्चमा बिहे पनि गरे । उनलाइ शुभकामना दिन ५० जनाको संख्यामा साथी तथा घरका सदस्यहरू भेला भएका थिए ।

माइकलले भने- “मैले ६५ वर्षअघि पनि उनलाइ जीवनसाथी बनाउँछु नै भनेको थिएँ तर सम्भव भएन । मेरो मनमा उनका बारेमा सधैँभरि प्रेमको टुसो रहिरह्यो । जब दुवै जना एकल जीवन बिताउन बाध्य भयाैँ, तब मैले वास्तवमै महसूस गरेँ कि उनको र मेरो मिलन अब सम्भव छ ।”

source : enasha.com