चीनका एक जोडाले सिनेमाप्रेमलाइ अभिव्यक्त गर्न युद्धसम्बन्धी सिनेमाको झल्को दिने गरी बिहे गरेका छन् । उनीहरूले आफ्ना जन्तीलाइ सेना र लडाकूको भेषमा बोलाएका छन् भने आफूहरू युद्धकालमा बिहे गरेको भान दिलाएका छन् ।

नानजिङ प्रान्तको यो जोडी सेना र युद्धसम्बन्धी कति मोह राख्छन् भने उनीहरू त्यसलाइ मूर्त रूप दिन व्याकुल रहे, जसको परिणाम नै के रह्यो भने आफ्नो बिहे एकान्त ठाउँमा गरे र जन्तीहरूलाइ सेनाको लुगा र खेलाैनाका बन्दूकहरू उपहारमा दिए ।

चीनकै वुझोउ दैनिकलाइ श्रीमान् वाङ मियानले भने– “हामी युद्धसम्बन्धी फिल्मलाइ ज्यादै मन पराउँने भएकाले हामीले युद्ध फिल्मको सम्मान यति मजाले अरु किसिमले गर्न सक्दैनौँ भन्ने लाग्यो ।”

उनले भने– “युद्धको अन्तिम सत्य भनेको शान्ति हो र हामी घरमा युद्ध चाहन्छौँ । अभिभावक, श्रीमती वा श्रीमान्सँग र केटाकेटीसँग पनि युद्ध चाहन्छौँ । जसको सीधा कारण यही हो कि हामी शान्ति चाहन्छौँ ।”

यस किसिमको बिहेलाइ उनीहरुले संसारमै पहिलो भनी दाबी गरिरहेका छन् ।

श्रीमती तियानले भनिन्– “म मेरो श्रीमानलाइ असाध्य माया गर्छु । उहाँ मेरो जीवनभरको झगडा गर्ने साथी र जीवनसाथी पनि हो । यदि कसैले हाम्रो घरमा आक्रमण गर्छ भने हामी दुवै मिलेर त्यसको धज्जी उडाउने छौँ र जीवनको अन्त्यसम्म आफ्नो घर बचाउन लडिरहने छौँ ।