कडा सुगन्ध भएको परफ्युम लगाउने एक युवकका कारण पूरा कल सेन्टरमा हिस्टिरिया फैलिएको छ ।

३४ जना कामदार फोर्ट वर्थमा रहेको यो कल सेन्टर बैंक अफ अमेरिकाका लागि काम गर्ने गर्दछन् । तर उक्त परफ्युमको सुगन्ध सुँघ्ने बित्तिकै कल सेन्टरभरिका सबै कामदारहरूलाइ रिँगटा चल्ने, श्वासप्रश्वासको समस्या देखिने, छाति दुख्ने, टाउको दुख्ने अादि समस्या देखिएको थियो ।

एक कर्मचारी साथीले परफ्युम लगाएर निस्केपछि उनका दुइ साथीहरूलाइ टाउको दुख्न शुरू गरेको थियो । तर त्यो संख्या बढ्दै गएपछि पूरै कर्मचारीहरूलाइ यी समस्याले ग्रस्त पारेको थियो ।

सबै जनालाइ यो समस्या देखिएपछि उनीहरूले प्रहरीलाइ खबर गरेका थिए । बिरामीहरूले अाफूमाथि कसैले रसायनिक अाक्रमण गरेको हुनसक्ने अनुमान गरेका थिए । कहिलेकाहीँ मनोवैज्ञानिक कारणले पनि यस्तो अवस्था अाएको हुनसक्ने चिकित्सकहरूले जानकारी दिएका छन् ।