हुनु पर्ने के थियो भने विद्यार्थीहरूलाइ स्कूलले अाकर्षित गर्नु पर्छ । तर यहाँ त उल्टो भइदियो । के भयो भने स्कूले विद्यार्थीलाइ अाकर्षित गर्नुको साटो तर्साइदियो र त्यसको मुख्य कारण थियो– घरिघरि बजारमा भइरहने एउटा चिजको । र, त्यो चिज थियो– युएफअोको ।

बेलायतको ससेक्सस्थित एक प्राथमिक विद्यालयले त्यस्तै एउटा बदमासी गरेको अभियोग लागेको छ । उक्त विद्यालयले विद्यार्थीका मनोरञ्जनका लागि एउटा शिक्षकलाइ युएफअोले अपहरण गरेको अभिनय गर्दा त्यहाँ अध्ययन गर्ने सबै विद्यार्थीहरू तर्सिनु पर्दा विद्यालयलाइ यो खेल महँगो साबित हुन पुगेको छ ।

बर्गेस हिलस्थित साउथवे जुनियर स्कूलले सिर्जनात्मक लेख सीप अभिवृध्दि बढाउनका लागि एउटा जुक्ति निकाल्यो । र, त्यो जुक्ति युएफअो अर्थात् अन्अाइडेन्टी फाइड अब्जेक्टका रूपमा निकालियो ।

सिर्जनात्मक अभिव्यक्तिकी प्रमुख डायना गसले त्यहाँ भाग लिएका विद्यार्थीलाइ भनिन्– “हाम्रो स्कूल छेउमा एउटा युएफअो दुर्घटनाग्रस्त बन्न पुगेको छ, अब हामीले त्यसैलाइ सिर्जनात्मक अभिव्यक्तिको एउटा हिस्सा बनाउँदै केही सिर्जना गर्नु पर्छ ।”

गुरूअामाको कुरा सुन्दै विद्यार्थीहरू पनि पछ्याउँदै पुगे युएफअो हेर्न । रमाइलो के भइदियो भने स्थितिलाइ वास्तविक बनाउन स्थानीय प्रहरी पनि दुर्घटनाग्रस्त क्षेत्रमा पहरा दिन नक्कली रूपमै भए पनि तयार भयो ।

तर एकै छिनमा ती विद्यार्थीलाइ खबर छरियो– युएफअोलाइ स्कूलकी एक शिक्षिका जोय ललाइ युएफअोले अपहरण गरेर भित्र छिराइसके । तर यो कुराले विद्यार्थीहरूको सिर्जनात्मकता बढाउनुभन्दा पनि अभिभावकको खप्की पो लिएर अायो । भोलिपल्ट केही दर्जन अभिभावकहरू पत्रकारहरूसमेतलाइ लिएर मात्र अाएनन्, मामिलालाइ अदालतसम्म पुर्याउने धम्की पनि दिन थाले । अभिभावकहरूको अारोप थियो– यस किसिमका तरिकाले सिर्जनात्मकता बढ्ने भन्दा पनि घट्न सहयोग पुर्याउने अभिभावकहरूको भनाइ थियो ।

९ वर्षीय ह्यारीकी अामा लिन्डाले भनिन्– यदि तपाइँको छोरो स्कूलबाट अात्तिँदै तपाइँलाइ दिनभरको खतरनाक काममध्ये एउटा अाफ्नी ज्यादै प्रिय शिक्षिकालाइ चिन्दैनचिनेको चिजले अपहरण गर्यो भनेर हाँफ र झाँफ गर्न थाल्यो भने यसलाइ तपाइँ पक्कै पनि रूचिपूर्ण तरिकाले लिनु हुन्न होला ।

अर्की अभिभावक ३४ वर्षीया लिजा मेनार्डले भनिन्– यो त अत्ति वास्तविकतामा अाधारित ड्रामा पो भो । यत्ति धेरे गर्यो भने विद्यार्थीहरू नतर्सने कुरै भएन नि ।

तर भोलिपल्ट नै स्कूलले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूले देखेको कुरा झूटा भएको र त्यसले कतिपय सिर्जनात्मक विद्यार्थीका लागि रचनात्मक विषय मिलेका कारणले अाफ्नो योजना सफल भएको बताएका छन् ।

ससेक्सका प्रहरीले भने– हामीलाइ यो कुराको पहिले नै जानकारी भएकाले यसलाइ हामीले गम्भीरतापूर्वक लिएका छैनाैँ । अनि विद्यार्थीहरूले पनि यो एउटा प्रयोगात्मक क्षण थियो र वास्तवमै उक्त प्रयोग उपयोगी थियो भन्ने महसूस गरेको हुनुपर्छ ।