भारतको शिक्षा अधिकारीहरूले स्कूल–स्कूलमा देखाइने मोटरसाइकल स्टन्टले विद्यार्थीको जीवन नै खतरामा पारेको भन्दै त्यस्तो स्टन्टलाइ भारतीय विद्यालयहरूमा प्रतिबन्ध लगाएको छ ।

भारतको तमिलनाडूस्थित एक विद्यालयमा देखाइएको एउटा मोटरबाइक स्टन्टमा एउटी विद्यार्थीको शरीरमाथिबाट बाइक कुदाइएको फोटो प्रकाशित भएपछि उक्त प्रतिबन्ध लगाइएको टेलिग्राफ दैनिकले जनाएको छ ।

गएको १५ जुलाइमा त्यहाँका शिक्षा उच्च अधिकारी के देवराजनले प्रतिबन्ध लगाएको कुराको स्पष्टोक्ति दिएका छन् । राज्यभरका ५० हजार विद्यालयलाइ पत्र काट्दै उनले यस किसिमका ज्यान जोखिममा पार्ने जुनसुकै खेलमा विद्यार्थीलाइ समावेश गर्न नहुने उनको भनाइ थियो ।

राज्यमा शिक्षालाइ अाधुनिकीकरण गर्ने कुरामा जोड दिएका के कामराजको एक सयाै जन्म दिवसको अवसर पारेर उक्त मोटरसाइकल स्टन्ट प्रदर्शन गरिएको थियो ।

source : enasha.com