बेलुगा नामक ह्वेलले एक पाैडीबाजलाइ डुब्नबाट बचाएकी छे ।

एउटा एक्वेरियममा विभिन्न पाैडीबाजहरूलाइ प्रतियोगिता गराइरहँदा प्राविधिक समस्या अाएका कारण एक प ैडीबाज त्यहीँ अडकिएको बेला बेलुगाले बचाएकी हो ।

चीनको उत्तरपूर्वी हेलङजिङ प्रान्तस्थित हरबिन पोलर ल्याण्डमा अायोजित उक्त प्रतियोगिताका प्रवक्ताले सो जानकारी दिएका हुन् ।

६ मिटर गहिरो उक्त चिसो पानीयुक्त पोखरीमा धेरैबेरसम्म स्वास नफेरी बस्नुपर्ने प्रतियोगिता चलिरहेको थियो । र, धेरैबेर बसेर प्रतियोगिताको विजेता हुने लोभमा उनी त्यहीँ डुबेकी थिइन् ।

यान युन नामक ती महिला स्थानीय मेडिकल कलेजमा अध्ययनरत् रहेकी र उनी यस्तो प्रतियोगितामा पहिलो पटक भाग लिएका कारण यस्तो भएको हुनसक्ने बताइएको छ ।

“शायद म अति नै नर्वस भएँ, जसका कारण मेरा गोडा अचानक अडिए र म डुब्न थालेँ”, त्यहाँको ह्वेलले बचाएपछि उपचारमा गएकी यान युनले भनिन्– “म यति गहिरो गरी डुबेकी थिइनँ, यति गहिरो पोखरी देखेर म अत्तालिएँ ।”

“जब म के गरी माथि उक्लिउँली भनेर चिन्तामा थिएँ, कसैले मलाइ माथिबाट तान्यो र पछि मलाइ थाहा भयो, त्यो त त्यहीँ बस्ने ह्वेल पो रै छे”, उनले बताइन् ।

उक्त प्रतियोगिता सञ्चालिकामध्ये एकले भनिन्– “मान्छेसँग ज्यादै नजिकको अनुभव गर्ने बेलुगाले समस्याको तत्काल अाँकलन गरेका कारण एउटा दुर्घटना हुनबाट जोगिएकै हो ।”

source : enasha.com