अष्ट्रेलियाली एक महिला एक सातासम्म एउटा पाइखानामा अडकिएपछि उनलाइ प्रहरीले उद्धार गरेको छ ।

७६ वर्षीया ती महिलाको नाउँ नखुलाइए पनि समाचारमा उनी पाइखानाभित्र बिनाकुनै कारण थुनिएकी थिइन् । उनी थुनिएको पाइखानाको ढोका नखुलेपछि उनी त्यहीँ थुनिएकी थिइन् ।

इप्सविच शहरकी निवासी ती महिलाले पाइखानाबाट नै हल्ला गरेको चाल पाएपछि उनका छिमेकीले प्रहरीलाइ खबर गरेका थिए । तर उनका छिमेकीलाइ उनको हल्ला सुन्न एक साता लामो समय लागेको डेली मिरर अखबारले जनाएको छ ।

क्वीन्सल्याण्ड राज्यका प्रवक्ताले भने– “ती महिलालाइ पखाला चलेका कारण उनी त्यहीँ ढलेको हुनसक्ने हामीले प्रारम्भिक अनुमान गरेका छौँ । उनको अवस्था अझै पनि उति राम्रो नभएका कारण र उनलाइ पखाला लागेका कारण अस्पताल भर्ना गरिएको छ ।”

ती महिलाको अवस्था अहिले क्रमशः सुधार भइरहेको पनि समाचारमा जनाइएको छ ।

source : enasha.com